आलियाको दुइ फिल्म छायांकनमा

फिल्म । बलिउड एक्ट्रेस आलिया भट्ट सेटमा फर्किएकी छिन् । छायांकन बाँकी रहेको फिल्महरु प्रक्रिया मिलाएर स्वास्थ्य मापदण्ड अनुसार फ्लोरमा छन् । यस्तैमा आलिया अभिनित सञ्जयलीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ को पनि काम सुरु भएको छ । योसँगै आलियाको अभिनय रहने अर्को फिल्म ‘आरआरआर’ पनि छायांकनमा निस्किएको छ । मुम्बईको फिल्मसिटीमा छायांकन भइरहेको ‘गंगूबाई काठियावाडी’ को पूर्ण सेड्युल जनवरीसम्ममा सक्ने उदेश्य निर्माण पक्षको रहेको छ । यस्तै भन्सालीको पहिलो सेड्युल सकिएपछी आलियाले निर्देशक एसएस राजामौलीको सेट ज्वाइन गर्नेछिन् ।

भन्सालीले फिल्मको छायांकन यतिबेला रातमा गरिरहेका छन् । सन् १९६० को दशकमा मुबईंको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा बन्न लागेको फिल्ममा आलियाको अपोजिटमा रहने अभिनेताको नाम खुलाइएको छैन । एउटा सम्भ्रान्त परिवारकी शिक्षित युवती वेश्यावृत्तिमा लाग्छिन् र देहव्यापारका लागि बदनाम कमाठीपूरामा शासन गर्छिन् भन्ने कथालाई फिल्ममा देखाइने छ ।

कमेन्ट गर्नुहोस्