युट्युबमा ‘सेल्फी किङ’

फिल्म । भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ युट्युबमा प्रदर्शन भएको छ । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले फिल्ममा ‘सेल्फी किङ्ग’ को भूमिका निर्वाह गरेका छन् । उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ । कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई यसमा समेटिएको छ । डिजिटल अधिकार रहेको ओएसआर डिजिटलले फिल्मलाई अनलाइन रिलिज गरेको हो ।

फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

कमेन्ट गर्नुहोस्