रनबीरको जोडी श्रद्धा

फिल्म । निर्देशक तथा लेखक लव रञ्जनले आफुलाई प्यारका पंचनामा सिरिज मार्फत नै प्रमाणित गरिसकेका छन् । लेखक तथा निर्देशकको रुपमा दर्शकलाई चाहिएको रम-कम जनरको फिल्म पस्किन माहिर मानिने लवले नयाँ फिल्मको तयारी गरेको केहि समय भइसकेको छ । फिल्ममा लवले अजय देवगन र रनबीर कपूरलाई कास्ट गर्दैछन् । अजयको चर्चा भइरहेको छ , यद्दपी उनि अनुबन्धित भइसकेका छैनन् ।

तर , निर्देशक लवले फिल्मको लागि रनबीरलाई साइन गरेका छन् । रनबीरको जोडी बनाएर उनले पहिलो पटक श्रद्धा कपूरलाई दर्शक समक्ष ल्याउदै छन् । दर्शकको लागि रनबीर र श्रद्धाको यो जोडी फ्रेस हुनेछ । यी दुइले पहिलोपटक एकसाथ काम गर्दैछन् । अजय र रनबीरको एक्सन , रोमान्स र कमेडीललाई दर्शकले देख्न पाउनेछन् ।

फिल्मको तयारीकै बीच यसमा दीपिका पादुकोण रहने चर्चा नभएको होइन तर उनले निर्देशक लव मीटूमा जोडिएसँगै फिल्म नगर्ने बताएकी थिइन् । अजयले लवसँग फिल्म ‘दे दे प्यार दे’ मा काम गरिसकेका छन् । जसमा अजयलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको थियो तर फिल्ममा लव भने प्रोड्युसर मात्र हुन् । (एज्नेसी)

कमेन्ट गर्नुहोस्