तेस्रो प्रोजेक्टमा सहकार्य

फिल्म । नायक प्रदीप खड्काले आगामी फिल्म निर्देशक दिनेश राउतसँग गर्ने पक्का भएको छ । केहि समय यता देखि दिनेश र प्रदीपले फिल्म गर्न लागेको चर्चा नभएको होइन । तर , स्क्रिप्टमा काम भइरहेको बताएको प्रोजेक्टको टिमअप पनि भएको छ । निर्देशक राउतले निर्देशन गर्ने सामाजिक कथामा आधारित फिल्मको लागि प्रदीप अनुबन्धित भएको बुझिएको छ ।

लकडाउनको समयमा कथामा काम गरेपछि दिनेश र प्रदीप फिल्म गर्ने सहमतिमा पुगेका हुन् । स्थिति सामान्य भएसँगै निर्माण पक्षले यसलाई छायाँकनमा लग्ने तयारी गरिरहेको छ । प्रदीपसँग दिनेशको भैरवी र स्वगीय गायक अरुण थापाको बायोपिकमा बन्ने फिल्ममा काम गर्ने चर्चा नभएको होइन । तर , यी दुइको सहकार्य तेस्रो प्रोजेक्टमा आएर सम्भव देखिएको छ ।

कमेन्ट गर्नुहोस्