विदेश । इजरायल र बहराइन बीच ‘शान्ति सम्झौता’ भएको छ । अमेरिकाको पहलमा इजरायल र बहराइन एकअर्काबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका छन् । यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै ३० दिनभित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो देश भएको जनाएका छन् । एक महिनाअघि अमेरिकाकै पहलमा इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहासिक शान्ति सम्झौता भएको थियो ।
सम्झौतापछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले शुक्रबार बहराइनसँग पनि शान्ति सम्झौता भएपछि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । युएईले पनि इजरायल–बहराइन शान्ति सम्झौताको स्वागत गरेको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्












