कोरोना भाइरसबाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु

23 Shares

देश । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । गत ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।

सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो। भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । तर बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । बुधबार ८ बजे मृत पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना भाइरसबाट नेपालमा मृत्यु हुने ललितपुर महानगरपालिका-२२ बुङमती घर भएका ५७ वर्षीय एक पुरुष पाँचौं व्यक्ति हुन् । यद्दपी उनको मृत्युको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

कमेन्ट गर्नुहोस्