संगीत । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड ‘द भाइब्ज’ले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा दर्शक तथा श्रोता माँझ ल्याएको छ । लोकप्रियता कमाउन सफल व्याण्डको ‘कुनै जादु’ बोलको गीत अनप्लग्ड भर्सनमा आएको हो । अमेरिकामा रहँदै आएका व्याण्डका भोकलिष्ट प्रइन सिंहले गीतलाई सार्वजनिक गरेका हुन् ।
सार्वजनिक लिरिकल भिडियो मार्फत नयाँ पुस्ता माँझ पुरानो टेस्टलाई पस्केको भोकलिष्ट प्रइनले बताए । २ दशकअघिको यो गीत अर्चना श्रेष्ठले रचना गरेकी हुन् , भने सगीत पनि प्रइनको हो । द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो । व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो ।
पहिलो एलबमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एल्बम सन् २०१३ मा को हुँ म बजारमा ल्यायो । व्याण्डले खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्फत समेत ख्याति आर्जन गरिसकेको छ।










