फिल्म । बुधवार विहान २ बजे लिभरको समस्याको कारण निधन भएका लेखक तथा निर्देशक छेतेन गुरुङको अन्तेष्टी गरिएको छ । विहिबार विहान स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अत्येष्टी गरिएको हो । वुधवार लामा पढेपछि साइत विहिबार विहान ९ बजे निस्किएको थियो । त्यसै अनुसार अन्तेष्टी गरिएको हो ।
निर्देशक गुरुङलाई श्रद्धाञ्जली दिनका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नायक आर्यन सिग्देल, प्रदिप खड्का, सलोन बस्नेत, नायिका झरना थापा, निर्देशक दिनेश राउत, निर्माता सन्तोष सेन, नायिका कृष्टिना गुरुङ, निर्माता सुनिल कुमार थापा लगायत पुगेका थिए । स्वर्गीय छेतेनले लेखनको शुरुवात दिनेश राउत निर्देशित फिल्म ‘नोभेम्बर रेन’बाट गरेका थिए । उनको निर्देशकीय डेब्यु फिल्म भने ‘डमरुको डन्डिबियो’ हो ।
तस्वीर सौजन्यः विवेक बस्याल
कमेन्ट गर्नुहोस्










