बरहथवामा डुबेर २ जनाको मृत्यु

देश । सर्लाहीको बरहथवा नगरपालिकाको छुट्टाछुट्टै स्थानमा बिहीबार खाल्डोको पानीमा डुबेर एक युवती र बालिकाको मृत्यु भएको छ । बरहथवा नगरपालिका-३ हरजरियाका नविनकुमार महतोको ३ वर्षिया छोरी पुनम महतो र बरहथवा नगरपालिका-९ मुर्तियाका रामबाबु महतोको १७ वर्षिया छोरी पुनमकुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

बरहथवा नगरपालिका ९ मुर्तियास्थित हजूरआमाको घरमा बस्दै आएकी पुनम कसैलाई नसोधी घरबाट बिहीबार बिहान निस्केकी थिइन् । उनको खोजी गर्दै जाँदा घर नजिकैको बर्षातको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ । किशोरीको पोखरीमा कमलको फुल टिप्न गएको बुझिएको छ ।

बरहथवा नगरपालिकाकै वडा नम्बर ३ मा एक बालिकाको पनि खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । नगरपालिका ३ को पथलैया चोक बस्ने ३ बर्षीया पुनम महतोको आफ्नै ट्युबेलको पानी जम्मा हुने खाल्डोमा डुबेर मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्