देश । वीरगञ्जमा एक घण्टामै कोरोना परीक्षण रिपोर्ट दिन सकिने प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ । एक्सपर्ट एक्सप्रेस सार्स कोभिड–२ परीक्षण वीरगञ्जमै सुरु गरिएको हो । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त जीन एक्सपर्ट प्रविधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भए नभएको जानकारी एक घण्टामा दिन सकिने बताइएको छ । यद्दपी यसलाई आकस्मिक रुपमा मात्र प्रयोग गरिएको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले रिपोर्टका बारेमा समयमै जानकारी दिन नसकेको गुनासोलाई मध्यनजर गर्दै कोरोना परीक्षण रिपोर्टबारे जानकारी मोबाइलमै एसएमएसमार्फत जाने अस्पतालले जनाएको छ । टिपिएको मोबाइल नम्बरमा नेगेटिभ रिपोर्टको जानकारी मोबाइलमा एसएमएस मार्फत जान्छ । पोजेटिभ रिपोर्ट आएका अर्थात कोरोना संक्रमण पुष्टि भएकालाई भने पुरानै प्रक्रियाबाट जानकारी गराइने अस्पतालले जनाएको छ ।








