मोबाइल एप मार्फत किन्नुस् शिवम सिमेन्ट

देश । कोभिड १९ पछि सिर्जित अवस्थाको कारण निर्माण सामाग्री उत्पादन गर्ने उद्योगले समेत अनलाइनमार्फत सामान किन्ने सुविधा ल्याउन थालेका छन् । यसैक्रममा शिवम सिमेन्टले कोभिडको विषम परिस्थितीलाई ध्यान दिँदै मोबाइल एपमार्फत सिमेन्ट किन्ने सुविधा ल्याएको छ । शिवम मोबाइल एपमार्फत आफूलाई चाहिने सिमेन्ट खरीद गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले गुगल प्ले स्टोर र आइओएस एप स्टोरबाट एप डाउनलोड गर्न सक्नेछन् ।

एपमार्फत सिमेन्ट अर्डर र भुक्तानी भने इसेवा, खल्ती, कनेक्ट आइपिएस मार्फत डिजिटल भुक्तानी गर्न सकिनेछ भने डेलिभरी भएका बेला नगद दिने सुविधा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले कोभिडको विशेष परिस्थितीलाई मध्यनजर गर्दै ग्राहकको सुविधालाई ध्यानमा राखेर यस्तो योजना अगाडी ल्याएको हो । यो योजना हाललाई उपत्यकामा मात्र लागु गरिएको छ ।

कमेन्ट गर्नुहोस्