संगीत । डेब्यु गायन ‘घरबार’ मार्फत दर्शक तथा श्रोता माँझ परिचित बनेका गायक कृष्ण कार्कीले दोस्रो गीत सार्वजनिक गरेका छन् । गायिका अप्सरा घिमिरेसंगको युगल गायनमा कृष्णले ‘डुब्लिकेट माया’ दर्शक तथा श्रोता माँझ ल्याएका हुन् । रमाइलो शैलीको गीतमा सन्तोष सुनारको संगीत रहेको छ भने यसमा शब्द टुरिस्ट जंग बिकेको रहेको छ ।
राजीव समरको कोरियोग्राफी रहेको गीतलाई रामकुमार केसीले छायांकन गरेका हुन् । गीतमा बले उपनाम मार्फत परिचित सागर लम्साल , आँचल शर्मा र नाजिर हुसेनको अभिनय रहेको छ । गीतमा सम्पादन तथा कलर टेकेन्द्र शाहको रहेको छ । कृष्ण यो गीत मार्फत दर्शक तथा श्रोता माँझ झनै बढ्नेमा विश्वस्त छन् । ‘डेब्यु गायनमै पाएको मायालाई बढाउनेमा विश्वस्त छु ,कृष्ण भन्छन् ,’आउँदो दिनमा गीतसंगीतमा पाएको मायाले झनै दायित्व बढाएको छ ।’
कमेन्ट गर्नुहोस्










