देश । पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा ५ जना महिला र ४९ जना पुरुषगरी कुल ५४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १३ जना, धनुषा जिल्लामा २१ जना, महोत्तरी जिल्लामा १९ जना र १ सर्लाही जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी जिल्लाको राजविराज नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेका ७ जना, छिन्नमस्ता गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ४ जना र कञ्चनपुर नगरपालिकाको क्वारेन्टाईनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सप्तरी जिल्लामा संक्रमित मध्ये ३ जना महिला र १० जना पुरुष रहेका छन् । त्यसैगरी धनुषा जिल्लामा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ११ जना र जनकनन्दी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको । धनुषाका संक्रमित मध्ये २० जना पुरुष र १ जना महिला रहेका छन् ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिको क्वारेन्टाईनमा रहेका १५ जना, एकडारा गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ४ जनामा कोरोजा संक्रमण पुष्टि भएको छ । महोत्तरी जिल्लामा संक्रमति मध्ये १८ जना पुरुष र १ जना महिला रहेका छन् । त्यसैगरी सर्लाही जिल्लाको कौडेना गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ३० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।









