राजस्थान रोयल्स विजयी

विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गए राति भएको खेलमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ । राजस्थानले १ सय ८६ रनको लक्ष्य १७.३ औं ओभरमा तीन विकेट गुमाएर पुरा गर्न सफल भएको हो । राजस्थानको जितमा बेन स्टोक्सले सबैभन्दा धेरै ५० रन योगदान गर्दै म्यान अफ द म्याच बने ।

यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेल शतक बनाउन १ रनले चुके । ६३ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतमा ९९ रन बनाए ।

अंक तालिकाको पाँचौ स्थानमा पुगेको राजस्थानले समूह चरणको अन्तिम खेलअघि १२ अंक जोडेको छ । चौथो स्थानको पञ्जाव र छैटौं स्थानको कोलकता नाइट राइडर्सको पनि समान १२-१२ अंक नै छ । आइपिएलमा शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावादबीच खेल हुनेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्