केजीएफ निर्देशकको फिल्म जुनिएर एन्टीआर

फिल्म । आफ्नो पछिल्लो फिल्म ‘केजिएफ’ को कारण साउथ इण्डियासँगै बलिउडमा पनि उत्तिकै क्रेज बनाउन सफल भएका निर्देशक प्रशान्त नीलले आउँदो फिल्ममा जुनिएर एन्टीआरसँग काम गर्ने भएका छन् । यसैवर्ष रिलिज हुने भनिएको फिल्म ‘केजीएफ २’ को काम व्यस्त निर्देशकले आउँदो फिल्मको काम पनि अगाडी बढाईरहेका छन् । उनले पछिल्लो समय एक ट्विट गर्दै एक्टर जुनिएर एन्टीआरलाई जन्मोत्सवको शुभकामना दिएका थिए ।

उनले शुभकामनाले लेखेको शब्दले सहजै अनुमान लगाउन सकिन्छ कि उनले नेक्स्ट प्रोजेक्टमा हिरो चयन गरिसकेका छन् । भारतीय मिडियाका अनुसार जुनिएर एन्टीआरले एसएस राजामौलीको फिल्मका कारण प्रशान्तलाई प्रोजेक्ट ढिलाई गर्न आग्रह गरेका थिए । यता प्रशान्त पनि दर्शकको बढ्दो अपेक्षाका कारण ‘केजिएफ’ को सिक्वेलमा निकै मेहनत गरिरहेका थिए । यी दुइको यी दुइ प्रोजेक्ट सकिएपछी उनीहरुले नयाँ थ्रिलर फिल्ममा काम अगाडी बढाउनेछन् । केजीएफलाई मास इन्टरटेनीङ फिल्म भन्दै आइएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्