फिल्म । साउथ फिल्मका स्टार पवन कल्याणले आफ्नो फिल्म ‘वकिल साब’ को छायाँकन आउँदो जुलाई देखि गर्ने भएका छन् । तेलंगाना राज्यमा सरकारले छायाँकन गर्न दिने बताएसँगै मेकर्सले तयारी थालेका छन् । यहि मेमा फिल्म रिलिज गर्ने तयारी भएको हुँदा यसको लगभग छायाँकन सकिसकेको छ । केहि छायाँकन र प्राविधिक काम छन् । त्यसबाहेकको अन्य कामलाई फिल्म युनिटले लगभग पुरा गरिसकेको छ ।
फिल्ममा पवनलाई दर्शकले वकिलको भूमिकामा देख्न सक्नेछन् । यसमा उनले न्यायको लागि लड्नेछन् । बोनी कपूर र दिल राजू मिलकरको संयुक्त निर्माण रहेको फिल्ममा निवेथा थोमस, अंजली र अनन्या नागला मुख्य भूमिकामा छन् । यो फिल्म सन् २०१७ मा रिलिज भएको फिल्म ‘पिंक’ को रीमेक हो । तर , यसमा प्रस्तुतीकरण साउथ शैलीको हुनेछ । फिल्ममा अमिताभ बच्चनको भूमिकामा पवन देखिदैछन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











