देश । केहि दिन यता नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित बढ्ने क्रम तिब्र छ । शुक्रबार मात्र नेपालमा एकै दिनमामा १ सय ७० संक्रमित बढेका थिए । यो अहिलेसम्म एकै दिनमा भेटिएको संक्रमितको संख्या उच्च हो । यसैबीच दैलेखमा १४ नयाँ संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको जनाएको छ ।
दैलेख स्थित नारायण नगरपालिका वडा नं. २ का वर्ष २१, का पुरुष, वडा नं. ३ का वर्ष ३० का पुरुष वडा नं. ४ का वर्ष २८, २५, र ३५ का पुरुष वडा नं. ६ का वर्ष ४१ का पुरुष, वडा नं ८ का वर्ष २०, २० का पुरुष ,वडा नं ९ का वर्ष २३, ५० का पुरुष वडा नं. १० का वर्ष १७, २२ का पुरुष र वडा नं. ११ का वर्ष २७, १८ का पुरुष गरी १४ जनामा भाइरस संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या १ हजार २ सय २६ पुगेको छ ।











