देश । नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा रहेर काम गर्नेहरूलाई सुविधा थप गर्न आग्रह गरेका छन् ।प्रहरी प्रधान कार्यालय, नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्दै सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखाले निर्देशन दिएको खबर बाहिरीएसँगै गगनले ट्वीट गरेका हुन् । यस्तो बेलामा अहोरात्र खटिरहेका प्रहरीसँगै अन्य सूरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काट्न नहुने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ ।
नेपाल प्रहरी र केही ठाउँका स्वास्थ्यकर्मीको पारिश्रमिक पनि काटेर राहत कोषमा रकम संकलन गर्नुको सट्टा सांसदलगायत कम जोखिममा रहेर काम गर्नेहरूको तलव काट्न सांसद थापाले आग्रह गरेका हुन् । ‘महासंकटकाे यो घडीमा, हामी सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलव सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतकाे तलवभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं,’ बिहीबार ट्वीट गर्दै थापाले भनेका छन्।
महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतकाे तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं।
— Gagan Thapa (@thapagk) April 9, 2020









