कोरोना संक्रमितको संख्या ७ सय ९०

देश । बाग्लुङका ६ जनामा कोरोना भाइरस (कोभिड १९० को संक्रमण देखिएको छ । हालैमात्र भारतबाट आएका उनीहरुको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितहरु क्वारेन्टाइनमा थिए । उनीहरु बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित ६ जनालाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि लगिनेछ । यसैगरी मंगलवार साँझ मात्र सप्तरी जिम्मामा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश नम्बर २ अन्तर्गत पर्ने जिल्ला सप्तरीमा ११ जना नयाँ संक्रमित भेटिएका छन् । स्वाब परिक्षणको रिपोर्ट ढिलो आएकोले यसबारे स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा जानकारी दिन पाएँन । सप्तरीमा बोदेबरसाईन नगरपालिकाको ८ जना, बलान विहुल गाउँपालिकाको २ जना र सुरुगां नगरपालिकाको १ जना गरेर ११ जना संक्रमित भएका हुन । उनीहरु भारतका विभिन्न स्थानबाट आएको बुझिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ९० भएको छ । कोरोना भाइरसलाई जित्ने अत्हत निको हुनेको संख्या १ सय ६६ रहेको छ ।

कमेन्ट गर्नुहोस्