इन्फर्मेसन क्विन ‘करीना’

फिल्म । बलिउडमा विभिन्न चर्चा तथा परिचर्चा हुनेगर्छ । बि-टाउनको खबरले मिडिया माँझ राम्रै स्थान पाउछ । दर्शकले पनि यसलाई इन्जोय गर्छन् । बि-टाउनमा केहिलाई खबर मिडियाबाटै मिल्छ भने कहिले आफै जानकारी राख्छन । आफै जानकारी राख्नेमा पर्छिन् , करीना कपूर खान । बलिउडकी बेबोलाई प्राय खबर र गसिपको बारेमा जानकारी हुने गर्छ । त्यसैले होला उनलाई बि-टाउनमा गसिप क्विन पनि भन्ने गरिन्छ ।

बलिउडका प्रसिद्ध निर्माता तथा निर्देशक कलाकार करण जोहरले उनलाई हरेक कुराको जानकारी हुने बताएका छन् । एक अन्तर्वार्तामा उनेल करीनालाई हरेक खबर विभिन्न माध्यमबाट पुग्ने गरेको बताए । ‘करीनाको आफ्नै सोर्स छ , जसबाट उनले खबर पाउछिन् । उनको खबरीमा स्पोट ब्वाई देखि चिफ एडी देखि ड्रेस डिजाइनरसम्म छन् । केहि खबर प्रमाणित गर्न मसंग पनि कुरा गर्छिन्’ करणले भने ।

बलिउडकै अर्का निर्देशक रोहित शेट्टीले पनि करीनासँग खबर पुग्ने गरेको स्वीकारे । ‘म चेन्नई एक्सप्रेसको बेलामा शाहरुख खानलाई भेट्न गएको थिए । उनलाई साँझमा भेटेर कुराकानी गरे । त्यो खबर मुस्किलले ३/४ जनालाई थाहा थियो । तर जब मैले विहान करीनालाई भेटे , उनि त्यसबारे जानकार रहिछन् । म आफै अच्च्मित भए’ रोहितले एक अन्तर्वार्ताको क्रममा भने । करीनालाई त्यसै बलिउडमा ‘इन्फर्मेसन क्विन’ भनिएको हैन नि !

कमेन्ट गर्नुहोस्