श्रीनगरमा आतंकवादी समूहसँग मुठभेड

फाइल तस्बिर

विदेश । सोमबार राति दुई बजेदेखि जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भइरहेको छ । क्षतिको विवरण नआएको मुठभेड जारी रहेको भनिएको छ ।‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् ’कश्मीर प्रहरीले ट्विटरमा लेखेका छन् ।

मुठभेड भएसँगै अहिले श्रीनगर क्षेत्रमा अहिले इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको छ । बीएसएनएलको पोस्टपेड सेवा भने चलेको बताइएको छ । आतंकवादी लुकेर बसेको सूचना पाएसँगै घना वस्ती रहेको श्रीनगर क्षेत्रमा प्रहरीले सर्च गरिरहेको थियो । सुरक्षाकर्मीले केही घरलाई घेरा हालेपछि गोली हानाहान सुरु भएको हो । गत आइतबार श्रीनगर क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट हिजबुल मुजाहिद्दिन समूहका ताहिर अहमद मारिएका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्