फिल्म । चलचित्र पत्रकार संघले हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर जेठ ७ गते प्रदान गर्दै आएको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई यो बर्ष स्थगित गरेको छ । संघका महासचिव समीर बलामीले विज्ञप्ती जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्यनजर राख्दै यो बर्ष कार्यक्रम नगर्ने निर्णय गरिएको जनाएका छन् ।
यद्दपी संघले अर्को बर्ष पुरस्कार राशी बढाउने तथा मोफसलबाट थप एक जनालाई समेत ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने बताएको छ । केहि समय अगाडी सुरुवात गरिएको मोफसल पत्रकारिता पुरस्कारले अघिल्ला केहि वर्षमा निरन्तरता पाउन सकेको थिएँन । यो बर्षको जेठ ७ गते डिजिटल माध्यमबाट संघको २१ औं बार्षिकोत्सव मनाउने निर्णय संघले गरेको छ ।
कमेन्ट गर्नुहोस्











