देश । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ सय ४६ पुगेको छ । नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएसँगै संख्या २ सय ४६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कमेन्ट गर्नुहोस्









