कोरोना संक्रमित ५७ थपिए

देश । हिजो एकै दिनमा २४ जना कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमित भेटिएका थिए । त्यसको लगतै आज मंगलवार नयाँ संक्रमित ५७ जना भेटिएका छन् । नेपालमा यति धेरै संक्रमित भेटिएको यो पहिलोपटक हो । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् ।

त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्