साताको अन्तिम दिन पनि नेप्सेमा गिरावट

देश । केहि दिन यता लगातार घटिरहेको सेयर बजार मंगलवार बढेपछी लगानीकर्ता उत्साहित भएका थिए । मंगलवार ८० अंकको हाराहारीमा बजार बढ्दा सबै तर्फ हरियाली देखिएपछी उत्साहित भएका लगानीकर्ता बुधवार बजार घट्दा निराश भएका छन् । सेयर बजार बुधबार ५३ अंकले घट्दै नेप्से सूचक २८६० बिन्दुमा झरेको नेप्से साताको अन्तिम दिन विहिबार पनि घटेको छ ।

साताको अन्तिम दिन विहिबार नेप्से २८४३ विन्दुमा पुग्दा अघिल्लो दिन भन्दा १६.९६ अंक अर्थात् ०.५९ प्रतिशतले घटेको छ । बजार घटेसंगै कारोबारमा पनि कमि आएको छ । विहिबार २ सय १९ कम्पनीको एक कराेड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रूपैयाँको कारोबार भएको छ । आज कूल १३ वटा उपसमूहमध्ये २ उपसमूहको मात्र सेयर बढेको छ ।

बाँकी ११ उपसमूहको सेयर घटेको छ । सेयर बढ्ने उपसमूहमा होटेल तर्फ ४१.६९ ले बढेर ३५९३.३८ पुगेको छ भने हाइड्रोपावर तर्फ ५५.७६ ले बढेर २८७९.२१ मा पुगेको छ । अन्य सम्पूर्ण क्षेत्र घटेका छन् । सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले घटेर ५२५.६४ बिन्दुमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्