फिल्म । कोरोना भाइरसको कारण विश्व अहिले ‘लकडाउन’ मा छ । कोरोना भाइरसको फैलिदो संक्रमणलाई रोक्न लकडाउन गर्दै समाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वकका अधिकांस देश अहिले लगभग बन्द छन् । केहि काम घरबाटै गरिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी बाहेक लगभग अन्य घरमै छन् । यसैसँगै मनोरंजन क्षेत्र पनि उत्तिकै मारमा परेको छ । चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ । चीनको केहि फिल्म हल खुलेता पनि अन्य देशमा भने त्यसबारे सोचिएको पनि छैन । यसैले गर्दा हलिउड तथा बलिउडका ठुला फिल्महरुले रिलिज रोकिरहेका छन् । तर , अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी बम्ब’ रिलिज हुने भएको छ ।
तोकिएको समयबाट केहि पर सार्दै फिल्मलाई डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी निर्माण पक्षले थालेको केहि समयपछी निष्कर्ष निस्किएको छ । फिल्मलाई जुनमा रिलिज गर्ने सहमति भएको बताइएको छ । गत मे ४ मा भएको भिडियो कुराकानीमा अक्षय कुमार , विजय सिंह र तुषार कपूरले फिल्म डिज्ने प्लस हटस्टारमा रिलिज गर्ने सहमति गरेको भारतीय मिडियामा उल्लेख छ । यद्दपी आधिकारिक घोषणा भने भएको छैन ।
‘लक्ष्मी बम्ब’ लाई लिएर गरिएको यो सम्झौता घोषणा हुन्छ भने सिधै ओटिटी प्लेटफर्ममा रिलिज हुने यो बलिउडको ठुलो फिल्म हुनेछ । फिल्मको पोष्टप्रोडक्सनको कामलाई निर्देशक राघव लोरेन्सले छिटै सकाउन मेहनत गरिरहेका छन् । हरर कमेडी फिल्म ‘लक्ष्मी बम्ब’ मा अक्षयसँगै कियारा अडवाणीको अभिनय रहेको छ ।
(एजेन्सी)












