दर्शक बिनानै इंग्लिस प्रिमियर लिग

विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमण भारतमा बढ्दो छ । दिनदिनै संक्रमित संख्या बढ्दै गर्दा सरकारले लकडाउन गरेर सामाजिक दुरी कायम गर्ने प्रयास गरिरहेको छ । यसैले गर्दा विश्वनै ठप्प झैँ छ । खेलकुदकै कुरा गर्ने हो भने यो वर्ष आयोजना हुने भनिएको ओलम्पिक आउँदो वर्षलाई सारिएको छ । अन्य घोषित प्रतियोगिता पनि भइरहेका छैनन् । कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिन विश्वका अधिकांस देश ‘लकडाउन’ मा छन् ।

कोरोना भाइरसको महामारी कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन विषयमा शुक्रबार छलफल हुने भएको छ । इंग्लिस प्रिमियर लिगको सिजन २०१९-२० जुन पहिलो सातादेखि सुचारू गर्ने विषयमा छलफल हुन् लागेको हो । मध्य मार्चदेखि स्थगित भएको लिग जुन ८ देखि सुचारू गर्ने विषयमा छलफल केन्द्रीत हुनेछ ।

लिगअघि क्लबहरुलाई मे १८ देखि अभ्यास गर्न दिइने योजना समेत बनाइएको छ । तर, उनीहरुलाई अझै सामाजिक दूरी कायम राख्न भनिएको छ। साथै ,लिग सुचारु गर्ने भए पनि रंगशालामा दर्शक भने उपस्थित हुन पाउनेछैनन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्