फिल्म । बलिउडका भाइजान सलमान खानको समय पनि पछिल्लो समय ठिक छैन । उनको पछिल्लो रिलिज फिल्महरुले दर्शकको माया कम पाउन थालेका छन् । एकपछि अर्को फिल्ममा रेकर्ड ब्रेक गर्ने गरेका सलमानको पछिल्लो रिलिज भारत , दबंग ३ ले राम्रो प्रतिक्रिया पाएन । दबंगको तेस्रो सिरिजलाई झनै कम्जोर रहेको भनियो । यद्दपी फिल्मले व्यापार भने ठिकै गर्यो । तर , त्यो सलमानको लागि भने पर्याप्त थिएन । एकपछि अर्को फिल्ममा व्यापार कम हुनु र उनकै फ्यानले पनि फिल्मको खुलेर तारिफ गर्न नसक्नुलाई कतै सलमानको समय सकिदै त छैन ? भन्न थालिएको छ ,बि-टाउनमा ।
सलमानको अहिलेको अवस्थालाई शाहरुख खानको केहि समय अगाडीको अवस्थासँग तुलना गरिएको छ । शाहरुखको फिल्मले राम्रो व्यापार त गरिरहेको थियो तर , दर्शकको विश्वास भने गुमाई रहेको थियो । सलमानको अवस्था पनि पछिल्लो समय यस्तै रहेको बताइन्छ । बलिउडमा ट्रेड एक्स्पर्टको भनाइलाई आधार मान्ने हो भने अब सलमानले मन जित्नु आवश्यक छ । फ्यान फ्लोअर्सका कारण इनिसियल व्यापार राम्रो भए पनि ‘बजरंगी भाइजान’ पछी उनका फिल्मको दर्शकबाट वर्ड अफ माउथ राम्रो छैन । यसले गर्दा उनको फिल्मले दीर्घरुपमा राम्रो व्यापार गर्न सकेको छैन । आउँदो फिल्म राधे र कभी इद कभी दिवालीमा उनले बक्स अफिससँगै दर्शकको मन जित्नु पनि आवश्यक छ । (एजेन्सी)











