देश । पछिल्लो समय कोरोना भाइरसको कारण देश लकडाउनमा छ । कोरोना संक्रमण देखिएको दोस्रो विरामी भेटिएपछी नेपाल सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउन हुनु अगाडी नै रोकियो एसईई परिक्षा । अन्तिम समयमा आएर परिक्षा रोकिदा यसको मारमा विधार्थी परे । मिति नतोकिए पनि शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षा सञ्चालन हुने गरी तयारी गरिरहेको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई)ले परीक्षाका विषयमा आइतबार गरेको भिडियो छलफलमा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने उल्लेख गरे । मन्त्रालयले पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ ।
एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले बन्दाबन्दीका कारण विद्यार्थीहरुलाई मनोवैज्ञानिक समस्या परेको हुन सक्ने र तत्कालै परीक्षा सञ्चालन गर्दा थप मार पर्नेतर्फ पनि सोच्न आग्रह गरे । परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।










