र्‍यापिड टेस्ट गर्दा नर्समा एन्टीबडी पोजेटिभ

देश । कोरोना भाइरस (कोभिड १९) को कारण अहिले विश्वनै ठप्प झैँ भएको छ । विश्वका अधिकांस देशले लकडाउन गरेर सामाजिक दुरी कायम गर्दै यसको संक्रमणलाई बढ्न नदिन प्रयास गरिरहेका छन् । यद्दपी प्रहरी र स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुले भने आराम पाएका छैनन् । यसैक्रममा

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालको दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको कारागार व्यवस्था विभाग श्रोतले जानकारी दियाे ।उनीहरूलाई सोमबार नै टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। तर , उनीहरुको पिसिआर परीक्षणको नतिजा आएपछि मात्र कोरोना संक्रमण भए वा नभएको टुंगो लाग्नेछ ।

कमेन्ट गर्नुहोस्