फिल्म । बलिउडमा पछिल्लो समय हिट व्यानरका निर्माताको रुपमा परिचित दिनेश विजनलाई केहि फिल्मले भने निराश बनाएको छ । मेड इन चाइना , लभ आजकल , अंग्रेजी मिडियम जस्ता फिल्मलाई उनले सफल बनाउन सकेनन् । यद्दपी उनले केहि फिल्म भने लगातार हिट दिएका छन् । यिनै दिनेशले स्त्रीको सिक्वेल बनाउने चर्चा बलिउडमा छ । दिनेश विजनको सफल फिल्म मध्यको एक ‘स्त्री’ पनि हो ।
यद्दपी यसको आधिकारिक घोषणा भने गरिएको छैन । तर , दिनेशले एक हरर कमेडी फिल्मको लागि आलिया भट्टलाई अप्रोच गरेका छन् । उनले आलिया नै लिड रहने गरि फिल्मको लागि अप्रोच गरेका हुन् । तर , लकडाउनको कारणले आलियाको डेट फेरबदल हुने भएपछी उक्त फिल्म नगर्ने भएकी छिन् । आलियाले फिल्मको आइडिया मन परे पनि डेट्स नमिल्दा गर्न नपाएको निर्माण पक्षलाई जानकारी दिएकी छिन् । दिनेशको यो फिल्मलाई ‘अन्धाधुन’ लेखक योगेश चन्देकरले निर्देशन गर्दैछन् । (एजेन्सी)












