फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमण भारतमा बढ्दो छ । दिनदिनै संक्रमित संख्या बढ्दै गर्दा सरकारले लकडाउन गरेर सामाजिक दुरी कायम गर्ने प्रयास गरिरहेको छ । यसै सम्बन्धमा बलिउडकर्मीले पनि भारतको सहयोग गरिरहेका छन् । केहि समय अगाडी मात्र आफ्नो सहयोग मार्फत चर्चामा आएका बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खान पुनः धन्यवादको पात्र बनेका छन् ।
#StrongerTogether
— माझी Mumbai, आपली BMC (@mybmc) April 4, 2020
We thank @iamsrk & @gaurikhan for offering their 4-storey personal office space to help expand our Quarantine capacity equipped with essentials for quarantined children, women & elderly.
Indeed a thoughtful & timely gesture!#AnythingForMumbai#NaToCorona https://t.co/4p9el14CvF
शाहरुख र गौरीले आफ्नो ४ तल्ले भवनमा रहेको अफिस क्वारेन्टाइनको लागि दिने भएका छन् । उनले यसको घोषणा आफ्नो कम्पनि रेड चिल्लीको सामाजिक सञ्जाल मार्फत गरेका छन् । शाहरुखले उक्त भवन स्थानीय सरकारलाई दिएसँगै अब त्यहाँ क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई ल्याइने छ । कोरोना भाइरस संक्रमित व्यक्तिको पहुचमा रहेको वा संक्रमण भएको हुन् सक्ने आशंका गरिएको व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिन्छ । (एजेन्सी)












