फिल्म । गत तिन वर्ष यता रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रपति निवास शितल भवनमा प्रदान गरिएको छ । एकै पटक वि.सं २०७३, २०७४ र २०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको हो । वि.सं २०७५ सालको कुरा गर्ने हो भने अभिनेता तर्फ ‘प्रसाद’ बाट विपिन कार्की र अभिनेत्री तर्फ ‘बुलबुल’ बाट स्वस्तिमा खड्काले अवार्ड जित्न सफल भए ।
यसैगरी निर्देशन तर्फ ‘बुलबुल’बाटै बिनोद पौडेलले अवार्ड जिते भने उत्कृष्ट फिल्मको अवार्ड गोपीले जित्न सफल भयो । सम्पादन तर्फ ‘साँइली’ बाट निमेष श्रेष्ठ ,छायांकनतर्फ ‘समर लभ’बाट संजय लामा , लेखन विधामा ‘गोपी’ बाट कथातर्फ दिपेन्द्र लामा र पटकथा तथा संवाद विधामा सामिप्यराज तिमिल्सिनाले पुरस्कार जिते । यस्तै, जुरी प्रोत्साहन सम्मानबाट फिल्म ‘भोर’बाट कलाकार पूजा कर्णलाई पुरस्कार प्रदान गरियो ।
‘फिल्मको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान’ गतबर्षको सर्वाधिक कमाई गर्ने ‘छक्का पन्जा ३’को निर्माण ब्यानर आमा सरस्वती मुभिजलाई प्रदान गरियो । उत्कृष्ट फिल्म(आदिवासी, जनजाति, विभिन्न मातृभाषी)को पुरस्कार रिजे नासाँले प्राप्त गरेको छ । विजेता फिल्मकर्मीलाई नगद २१ हजार र ट्रफी प्रदान गरिएको छ ।
वि.सं २०७५ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा निर्देशक तुलसी घिमिरेलाई नगद ३ लाख ५१ हजार र सम्मानपत्र सहित ‘चलचित्र दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको छ । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा २०७५ सालमा रिलिज भएका फिल्महरु मध्ये विभिन्न ११ विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको थियो ।
तस्वीरहरु : श्रीधर पौडेल \ मेरोफिल्म डटकम
राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०७५
चलचित्र दीर्घ साधना सम्मान वरिष्ठ चलचित्रकर्मी श्री तुलसी घिमिरे
उत्कृष्ट लेखन (कथा, पटकथा, संवाद) गोपी कथा दिपेन्द्र लामा
पटकथा/संवाद सामिप्यराज तिमल्सिना
उत्कृष्ट छायाङ्कन समर लभ सञ्जय लामा
उत्कृष्ट सम्पादन साँइली निमेश श्रेष्ठ
उत्कृष्ट अभिनेत्री बुलबुल स्वस्तिमा खड्का
उत्कृष्ट अभिनेता प्रसाद विपिन कार्की
उत्कृष्ट निर्देशक बुलबुल विनोद पौडेल
उत्कृष्ट चलचित्र गोपी आरोही ईन्टरटेनमेन्ट प्रा.लि. (मणि कर्ण के.सी.)
जुरी प्रोत्साहन सम्मान भोर पूजा कर्ण
चलचित्रको व्यापार विस्तार तथा प्रवर्धन सम्मान छक्का पञ्जा ३ आमा सरस्वती मुभिज् प्रा.लि. (दिपक राजगिरी)
उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्नमातृभाषी) रिजे नासाँ (गुरुङ भाषा) बेब्स क्रियशन प्रा.लि. (प्रितम गुरुङ)










