विदेश । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण पछिल्लो समय युरोपको केहि सहर र अमेरिकामा बढ्दो छ । चीनमा नयाँ संक्रमण र मृत्युदरमा कमि आएपनि अन्य देशले यसले महामारीको रुप लिइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गर्दै त्यसको रोकथाममा लागिरहेको छ ।
कोरोना भाइरस संक्रमित गएको २४ घण्टामा अमेरिकामा धेरै भेटिएका छन् । पछिल्लो विश्व विवरण अनुसार गएको २४ घण्टामा त्यहाँ ७ हजार ६ सय ८६ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या २७ हजार ६९ पुगेको छ । अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ सय ४० जनाको मृत्यु भइसकेको छ।
अमेरिकापछि इटालीमा धेरै नयाँ संक्रमित भेटिएका छन् । २४ घण्टामा इटालीमा ६ हजार ५ सय ५७ नयाँ संक्रमित भेटिएका हुन्। इटालीमा हालसम्म कुल ५३ हजार ५ सय ७८ जनामा यसको संक्रमण पाइएको छ।









