लोकसेवा परीक्षा पनि नहुने

देश । पछिल्लो समय कोरोना भाइरसबाट हुन् सक्ने क्षतिलाई कम गर्न नेपाल सरकारले विभिन्न कदमलाई अगाडी बढाएको छ । सिनेमा हल बन्द गर्ने देखि आजबाट हुने सी परिक्षालाई पनि रोकिएको छ । एसईईसंगै हुने भनिएको विश्व विधालयको अन्य परिक्षा पनि रोकिएको छ । यसैले गर्दा पछिल्लो समय लोकसेवा आयोगले चैत्र महिनामा लिने परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेपछि संचालन हुने सबै लिखित परीक्षा स्थगित गरेको हो । चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गरेको जानकारी उपसचिव शर्माले दिएका छन् । विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्