देश । केहि दिन यता टिभी प्रस्तोता रवी लामिछाने चर्चामा छन् । उनिसंगै केहि महिना अगाडी सम्म काम गर्दै आएका शालिकराम पुडासैनीले आत्महत्या गर्ने क्रममा उनि सहित कार्यक्रममा निर्माता युवराज कडेल र नर्स रुकु भनिने अस्मिता कार्की दोषी रहेको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले चितवननै लग्यो ।
आत्महत्या दुरुत्साहनको प्रावधान अनुसार रवी सहित सबैलाई अनुसन्धान भयो । जस क्रममा रवी सहित युवराज र अस्मिता पनि १० दिनसम्म हिरासतमा रहे । रवी पाँच लाख , दीपक ३ लाख धरौटी र अस्मिता साधारण तारेखमा गत सोमबार रिहा भए । रवीले रिहा भएसंगै गरेको पत्रकार सम्मेलन मार्फत उनले राजनीतिमा आउने संकेत गरेको खबर चर्चामा आयो । विशेष गरि युट्युबमा त्यस्ता हेडलाइन आए । तर चितवनबाट काठमाण्डू फर्किएका रवीले आफु राजनीतिमा नआउने बताएका छन् ।
उनले आफ्नो भनाइलाई त्यस किसिमको हेडलाइन बनाए पनि आफ्नो आश्य नबुझेको बताए । ‘मैले राखेको भनाइको आश्य बुझिएन’ उनले भने । उनले केहि समयपछि त्यो सम्भावना खुल्ला रहेता पनि यतिबेला त्यसतर्फ कुनै सोच नरहेको बताए । ‘मैले भविष्यमा आउछु कि भन्ने संकेत गरेको छु’ उनले थपे , ‘तर अहिले म आफ्नै क्षेत्रबाट सेवा गर्दै अगाडी बढ्छु ।’ उनले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आफुलाई स्वागत गर्न आएका समक्ष आफ्नो प्रतिक्रिया राखेका थिए ।










