कपिलको पारिश्रमिक कति ?

टिभी । टेलिभिजनमा कमेडियनको रुपमा निकै चर्चा कमाएका कपिल शर्मा पछिल्लो समय स्थापित भईसकेका छन् । उनलाई लाइफले दोस्रो मौका दिएको छ भन्दा फरक नपर्ला । केहि समय अगाडी हराएका झैँ भएका उनको शो पछिल्लो समय टीआरपीको टप ५ मा पर्ने गरेका छन् । केहि समय अगाडी अस्ट्रेलियामा शो सकेर फर्किदै गर्दा आफ्नै सहकर्मी सुनिल ग्रोभरलाई दुर्व्यवहार गरेको भन्दै आलोचित बनेका कपिल त्यसयता राइज गर्न सकेका थिएनन् ।

त्यसपछी उनले शो लाई बन्द गर्दै र केहि समयपछी सुरु गर्दै आइरहेका थिए । तर उनले त्यो सफलता पाउन सकेका थिएनन् । उनको शो मा सुनिल नआएपछि यतिबेला सुनिल र कपिल दुवै लोकप्रियताको मिटरमा ओरालो लागिरहेको थियो । उक्त समयमा डिप्रेसनमा रहेको खबरमा समेत आइरहेका कपिल डिसेम्बरमा विवाह गरेसँगै शो मा फर्किए । उनलाई सुरुवाती चरणमा बलिउड अभिनेता सलमान खानले सहयोग गरे । उनि शो प्रोड्युसर पनि हुन् ।

सोनी टेलिभिजनबाट नै ब्रोडकास्ट हुने ‘द कपिल शर्मा शो’ लोकप्रिय हुँदै गर्दा कपिलले कति पारिश्रमिक पाउछन भन्ने चर्चा पनि हुने गरेको छ । यसै जिज्ञाषाको बीच केहि गत हप्ता शो मा पाहुना बनेका मध्यका एक गायक उदित नारायण झाले उनको पारिश्रमिकको राजलाई बाहिर ल्याएका छन् । उनले एक शो गरेवापत एक करोड भारु पाउने उदितले शो मा भनेका छन् । यद्दपी कपिलले यसमा केहि प्रतिक्रिया दिएनन् । तर पछिल्लो समय उनको बढ्दो लोकप्रियतालाई हेर्ने हो भने यो पारिश्रमिकलाई नकार्न सकिदैन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्