फिल्म । नेपाली फिल्म बन्न थालेको पाँच दशकपछि बल्ल नीति बन्यो । नीतिलाई ४ वर्षअघि सरकारले पारित गरेपनि कार्यान्वयन हुन सकेन । नीतिका आधारमा सरकारले मस्यौदा गरेको विधेयक अब ऐनका रूपमा आउँदै छ । चलचित्र विकास बोर्डले केहि समय अगाडी प्रस्तावित चलचित्र विधेयकबारे सरोकारवाला संघसंस्थाका प्रतिनिधिसँग बृहत् बहस चलायो । बहसमा उपस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पनि उपस्थित थिए । उनले बारम्बार संसोधन गर्ने झन्झट हटाउन नै बृहत भेलाको आयोजना गरेको बताएका थिए ।
‘विधेयकको ड्राफ्टप्रति असहमति वा थपघट गर्नुपर्ने ठानिएका केही कुरा छन् भने छिट्टै दिनुहोला । ऐनलाई सबैको साझा डकुमेन्टका रूपमा लागू गरेर जान मन्त्रालय तम्तयार छ ।’ उनले सम्बोधन गर्दै भनेका थिए । चलचित्र ऐन बनाएर नै यस क्षेत्रलाई उद्दोगति लग्न सकिने फिल्मकर्मीले बताउदै आएका छन् । विधेयकमा प्रस्तावित गरिएको केहि बुँदामा चलचित्र संघले आपति जनाएको छ । उक्त भेलामा नै आफ्नो छोटो सुझावलाई पेश गरेको संघले शनिवार विशेष भेलाको आयोजना गरेको थियो । मन्त्री गोकुल बाँस्कोटाले नेपालमा पनि वदेशी फिल्मको कोटा सिस्टम गर्ने र स्वदेशी फिल्म अनिवार्य रुपमा ६ महिना संचालन गर्नु पर्ने बहसलाई अगाडी सारेका थिए ।
संगै अब हालको टिकटको मूल्य प्रदेश सरकारले तय गर्ने समेत प्रस्ताव गरिएको थियो । यी विभिन्न बुँदामा छलफल गरेको संघले कोटा सिस्टम मान्य नहुने ठहर गरेको छ । संघको भेलाले नेपालमा पनि फिल्म विश्वव्यापी रिलिज मिती अनुसार नै रिलिज गर्न पाउने मांग गर्ने भएको छ । साथै , ६ महिना स्वदेशी फिल्म भन्ने नीति पनि मान्य नरहेको ठहर गरेको छ । विशेष भेलाले केहि बुँदा बनाएका छन् जसलाई विकास बोर्डलाई बुझाउने छन् । यसका लागि क्युएफएक्सका भाष्कर ढुंगानाको संयोजकत्वमा एक समिति समेत निर्माण गरिएको छ ।
यस विषयमा संघका अध्यक्ष प्रदीपकुमार उदयले हल संचालकले फिल्मलाई अन्याय नगरेको बताए । ‘हामीले चल्ने फिल्मलाई चलौछौ नै किनकी हामी व्यपारी हौ र नचल्ने फिल्मलाई हामीले शो दिएर पनि दर्शक आउने होइन’ उनले भने । उनले कोटा सिस्टम वा डेजले नेपाली फिल्मको स्तरउन्नति नहुने समेत तर्क गरे । उनले नेपाली फिल्मलाई अगाडी बढौउन हलसंचालकलाई प्रतोत्साहित गर्नु पर्ने मांग गरे । ‘पछिल्लो समय व्यापार बढाउने एक श्रेय हललाई पनि जान्छ र पछिल्लो समय यहाँ लगानी गर्ने धेरै छन् , उनीहरुलाई हतोत्साहित नगरौ’ अध्यक्ष उदयले भने ।
उनका अनुसार गतवर्ष क्युफफएक्सले ३ सय भन्दा बढी दिन नेपाली फिल्म चलाएको छ । ‘हाम्रो हल संचाकलले नेपाली नलगाएका होइनन् तर नचल्ने फिल्म हामी घाटा खाएर शो टिकाइ राख्न भने सक्दैनौ’ उनले आफुहरुले सुझाव बोर्डलाइ दिने समेत बताए । उनले सुझावलाई वेवास्ता गर्दै कडाइ गरीए आफुहरु पनि सोच्न बाध्य हुने चेतावनी समेत दिए । शनिवार चलचित्र संघकै भवनमा हल संचालक , वितरकहरुको विशेष भेला बसेको हो ।











