‘चपली हाइट ३’ टिजर सार्वजनिक (भिडियो)

फिल्म । पछिल्लो समय नेपाली फिल्ममा सिरिज र सिक्वेलको चाप बढ्दो छ । यसैक्रममा थपिएको छ ‘चपली हाइट’ को नयाँ सिरिज । दुइ सिरिजलाई दर्शक समक्ष पुर्याईसकेको टिमले नयाँ सिरिजको टिजर सार्वजनिक गरेको छ । यसको तेस्रो सिरिजलाई निकेश खड्काले निर्देशन गरेका छन् । सार्वजनिक टिजरले फिल्ममा ग्लामरसंगै कन्टेनमा पनि मेहनत गरिएको देखाईको छ । टिजरमा फिल्मका अधिकांस कलाकार यसको कथासारलाई देखाईएको छ ।

अर्जुन कुमारको निर्माणमा तयार फिल्ममा आमिर गौतम , स्वस्तिमा खड्का , महेश त्रिपाठी , सुपुष्पा भट्ट , नव नायक प्रतीक श्रेष्ठ रहेका छन् । क्राइम थ्रिलर भनिएको फिल्ममा स्वस्तिमा लिड रोलमा छिन् । निर्देशक खड्काले पनि नाम त्यहि रहेपनि कथा बेग्लै रहेको बताउदै आएका छन् । ‘हामीले थ्रिलको थिम पनि सापटी लिएका छौ तर कथावस्तु भिन्न छ’ निकेश भन्छन् ‘फिल्मको पात्र सुहाउँदो कलाकार छनौट गरेका छौ , आश छ सिरिजको साख बचाउन सफल हुनेछौ ।’ फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रूपमा निर्माण गरेको हो ।

कमेन्ट गर्नुहोस्