फिल्म । पछिल्लो समय बलिउडमा एक्सन र डान्सकै कारण बलियो फ्यान फलोअर्स बनाउन सफल भएका टाइगर श्राफले अभिनय गरेको फिल्म ‘बागी ३’ रिलिज नहुदै ‘हिरोपन्ती’ को सिक्वेल घोषणा भएको छ । टाइगरको डेब्यु फिल्म समेत रहेको ‘हिरोपन्ती’ सिक्वेलको फस्टलुकले नै फ्यानलाई मोहित बनाएको छ । फिल्ममा टाइगरसंगै निर्माता साजिद नाडियाडवाला र निर्देशकमा अहमद खान रहेका छन् ।
सन् २०२१ जुलाई १६ मा रिलिज हुने फिल्मको फस्टलुकमा टाइगरको एक्सन अवतार देखाइएको छ । यसमा टाइगर झनै हंक देखिएका छन् । पछिल्लो समय ‘बागी ३’ मार्फत चर्चामा रहेका टाइगरले यसमा पनि दर्शकको माया पाउनेमा विश्वस्त छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्












