‘गो फन्ड मी’मार्फत सहयोगको अपिल

संगीत । गायिका अन्जु पन्त फाउन्डेसन यतिबेला पर्सा जिल्लाको पटेर्वामा रहेको बढी पिडितहरूको वस्ती निर्माणको तयारीमा छ । बाढीबाट पटेर्वाको वस्ती नै उजाडिएपछि सहयोगको अभावमा रुमलिरहेका ३५ परिवारहरूका लागि बस्ती निर्माणका लागि ‘अन्जु पन्त फाउन्डेसन’ यतिबेला रकम संकलनमा लागेको छ। बस्ती निर्माणका लागि अनुमानित ३ करोड ५० लाख लागत लाग्ने छ। जसका लागि अन्जु पन्त फाउन्डेसनले ‘गो फन्ड मी’ मार्फत् सहयोगको अपिल गरेको छ। जसबाट सहयोग गर्न इच्छुकहरूले सकेकोे सहयोग गर्न सक्ने छन्।

विगत लामो समयदेखि गैह्र नाफामुलक संस्थाको रुपमा काम गदै आएको फाउन्डेसनले यसअघि गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक तथा दुर्गममा रहेका गरिब र असहायहरूका लागि विभिन्न सहयोग गर्दै आएको छ। यसैक्रममा पपर्साको पटेर्वा स्थित मोर टोलमा रहेका गरिब तथा विपन्न समूदायलाई वासस्थानको जोहो गरिदिन फाउन्डेसनले प्रक्रिया अघि बढाईसकेको छ।

यसका लागि अमेरिकामा पनि ’ अन्जु पन्त फाउन्डेसन’ नामक गैह्र नाफामूलक छण्ज्ञ ऋ संस्था दर्ता गरिएको छ । यो ’गो फन्ड मी’ अभियान फाउन्डेसनको आमेरिका शाखाले चलाएको हो । फाउन्डेसनकी प्रमुखतथा गायिका अन्जु पन्तका अनुसार, बस्ती निर्माणका लागि विभिन्न देशमा आयोजना भएका कार्यक्रमबाट केही रकम जुटिसकेको र बाँकी रकम विस्तारै जुटाएर जति सक्दो चाँडो वस्ती निर्माण कार्य सुरु गरिने छ।

कमेन्ट गर्नुहोस्