‘धुपौरे’ मा अनमोलको ठाउँमा को ?

फिल्म । केहि समय अगाडी यतिबेलाका पपुलर स्टार अनमोल केसीलाई लिएर निर्माण घोषणा गरिएको फिल्म ‘धुपौरे’ को काम अझै अगाडी बढेको छैन । किनकी अनमोलले केहि समय अगाडी फिल्म नखेल्ने मनसाय बनाएर अन्य फिल्म साइन गरिसकेका छन् । गत मंसिरमा नै फ्लोरमा जान लागेको फिल्मलाई स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले झुलाएको चर्चा छ । जबकि फिल्मका लागि अडिसनमार्फत कलाकार छानिँदै थियो भने अनमोल आफैँ लोकेसन हेर्न गएका थिए । यसअघि उनले ‘ग्याङस्टर ब्लुज’ लाई पनि यसै गरी झुलाउँदा– झुलाउँदा पैसा फिर्ता दिएका थिए । अनमोललाई उद्योगमा प्रोफेसनल कलाकारका रूपमा चिनिन्छ। तर, पछिल्लो समय उनले त्यो पहिचान गुमाउँदै गएका छन् । यसको शिकार ‘धुपौरे’ भएको बुझिएको छ ।

अनमोल आफैले सन् २०२० को लागि ‘धुपौरे’ मा अभिनय गर्ने जनाएका थिए । तर ,यतिबेला उनको अफिसियल सोसल मिडियामा ‘धुपौरे’ छैन । अनमोलले सामाजिक सञ्जालबाट ‘धुपौरे’ हटाएसँगै फिल्म नबन्ने चर्चाले व्यापकता यो । यद्दपी निर्माण टिमले फिल्म भन्ने बनाउने खबर प्राप्त छ । फिल्मका लागि अनमोलको स्थानमा नयाँ कलाकारसंग कुराकानी भईरहेको समेत बुझिएको छ । बुझीए अनुसार यसै फिल्म मार्फत फिल्मनगरीले नयाँ अनुहार पाउनेछ । ‘फिल्मको नाम परिवर्तन हुन सक्छ तर स्क्रिप्ट भने यहिँ रहनेछ’ फिल्म निकट एक व्यक्तिले बताए ।

कमेन्ट गर्नुहोस्