फिल्म । छायाँछबि क्रियशनको आयोजनामा नियमित सम्पन्न हुँदै आइरहेको काठमाण्डौ सर्ट फिल्म फेस्टाको पाँचौ संस्करणको विजेतालाई अवार्ड प्रदान गर्दै सकिएको छ । कोरोना भाइरसको कहर केहि समान्य तर्फ उन्मुख देखिदा सामान्य रुपमा कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्था छायाँछबिले जनाएको छ । पाँचौ काठमाण्डौ सर्ट फिल्म फेस्टाको आयोजित समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दमहाल प्रमुख अतिथि थिए । उनले नेपाली फिल्मले कोरोना भाइरसको कारण भोग्नु परेको समस्या र अबको आउँदो दिनको चुनौतीलाई औल्याउदै आफ्नो धारणा प्रस्तुत गरे । यस्तै, समारोहमा वरिष्ठ फिल्म लेखक÷निर्देशक एवं नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेता धिरेन शाक्य एवं अवार्ड जुरी संयोजक ऋषि लामिछाने विशिष्ट अतिथिका रुपमा थिए ।
समारोहमा आयोजक संस्था छायाँछबि क्रियशनका अध्यक्ष शान्तिप्रियले स्वागत मन्तव्य राख्दै सर्ट फिल्म फेस्टा तथा फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कारका बारेमा प्रस्ट्याएका थिए । ‘अब हामीले विस्तारै आफ्ना गतिविधिलाई स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाएर बढाउनु पर्छ’ उनले भने । साथै , उनले पाँचौ पटक आयोजना गरिएको सर्ट फिल्म फेस्टा विगत देखि हरेक दुइ÷दुई वर्षमा आयोजना हुँदै आएकोमा आगामी दिनमा हरेक वर्ष प्रदान गरिने पनि जानकारी गराए ।
समारोहमा प्रविशा प्रकाशन प्रा.लिका अध्यक्ष बरिष्ठ फिल्मकर्मी एवम् राप्रपा नेता प्रदिप कुमार उदयले वर्तमान कोरोना कहर र फिल्म उद्योगका बारेमा आफ्नो धारणा राखेका थिए । पौचौं संस्करणमा नवराज बु्ढाथोकी निर्देशित हाउस हजवेण्डले इन्करेजमेण्ट अवार्ड, लक्ष्मण सुबेदी निर्देशित मेहन्दीको रङ्गलाई बेष्ट कन्सेप्ट स्कृप्टको अवार्ड दिपेन्द्र लामा निर्देशित सावधानलाई पब्लिक च्वाइस अवार्ड, सरोज खनाल निर्देशित बिहानीमै अस्ताएको सूर्यलाई जुरी अवार्ड, कल्याण अधिकारीलाई सर्ट फिल्म निर्देशकको अवार्ड, पुरन जोशी निर्देशित मह्ः पुजालाई उत्कृष्ट डकुमेण्ट्री एवम् अभिनव श्रेष्ठ निर्देशित स्वीट सिक्सटिनलाई उत्कृष्ट सर्ट फिल्म अवार्ड प्रदान गरिएको थियो ।
यसै समारोहमा बरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापित एवम् फिल्मीपत्रिका फिल्मीखबरको नाममा स्थापना गरिएको फिल्मीखबर–सविन स्मृति रंग पत्रिकारिता पुरस्कार समेत प्रदान गरियो । १० हजार १० रुपैयाँ सहितको यो पुरस्कारमा विगत डेढ दशक देखि रंग पत्रकारितामा संलग्न रही समग्र चलचित्र, संगीत एवम् यस क्षेत्रको विकास योगदान पु¥याए वापत सुमन बैरागीलाई यो पुरस्कार प्रदान गरिएको थियो । सुमन वैरागी म्युजिक खबर डटकमसँग आवद्ध छन् ।
समारोहमा सर्ट फिल्म फेष्टाका जुरीहरु प्रवण भुषाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल एवम् जुरी संयोजक ऋषी लामिछानेलाई प्रमाण पत्र प्रदान गरियो । कार्यक्रमको सञ्चालन समिर लामाले गरेका थिए ।