फिल्म । अभिनेता आमिर खान बलिउडमा सफल कलाकार मानिन्छन । यिनले अभिनय गर्ने फिल्मले दर्शकको मन जित्दै आएका छन् । चाहे पिके होस् या दंगल यिनलाई दर्शकले मात्र हैन क्रिटिक्सले पनि तारिफ गर्दै आएका छन् । तर , गएको दर्शकमा केहि फिल्ममा भने आमिर पनि चुकेका छन् । पछिल्लो समय फिल्म ‘लाल सिंह चड्डा’ को छायांकनमा व्यस्त रहेका आमिर आर्थात मिस्टर पर्फेक्टनिस्टले ३ फिल्म सेलेक्सनमा भने बुद्धि पुर्याउन सकेनन् ।
उनले दश वर्षमा ९ फिल्ममा अभिनय गरेका थिए , जसमा तिन फिल्म फ्लप भयो । ति हुन् धोबिघाट , तलास र ठग्स अफ हिन्दोस्तान । यी फिल्मले लगानीको तुलनामा केहि मुनाफा समेत कमाए तर पनि फिल्मलाई बक्स अफिसमा फ्लप नै मानियो । मिस्टर पर्फेक्ट पनि यी फिल्मलाई राम्रो बनाउन चुकेका छन् । ( एजेन्सी )
कमेन्ट गर्नुहोस्










