फिल्म । गत बिहीबारबाट राष्टिय सभा गृहमा नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटनसँगै सुरु भएको छ । चाइनिज फिल्म ‘द कम्पोजर’ देखाउदै सुरु गरिएको फेस्टिभल फागुन १ देखि ५ सम्म चल्नेछ । उपत्यकाको सभागृहसँगै पर्यटन बोर्ड र सर्वनाम थियटरमा फेस्टिभलसँग जोडिएका विभिन्न गतिविधि भइरहेका छन् । ४० देशको ८० फिल्म प्रदर्शन भइरहेको फेस्टिभलमा पुराना फोटो पत्रकार विकास रौनियारको तस्वीरहरु राखिएका छन् । पर्यटन बोर्डको प्रांगणमा राखिएको तस्वीरमा नेपाली फिल्मको समनुकुल झल्कोसँगै उनका तस्वीरको महत्वलाई समेत दर्साउछ । ‘स्टिल फ्रम फिल्म’ शिर्षक दिदै राखिएको तस्वीरहरुमा ‘मिसन इम्पोसिबल’ को लण्डन प्रिमियरमा सहभागी भएका टम क्रुज देखि नेपाली मह जोडीसम्मका तस्वीर रहेका छन् ।
विशेष गरि उनका तस्वीर ‘क्लासिक’ देखिएका छन् । उनले खिचेका तस्वीर मार्फत डिजिटल अगाडीको फिल्मनगरीलाई महसुश गर्न सकिन्छ । विकास राम्रो फोटोग्राफर हुन् यसमा कुनै द्विधा छैन तर , उनले संकलन गरेको तस्वीरले उनलाई राम्रो ‘फोटो पत्रकार’ को रुपमा नयाँ पुस्ता माँझ पनि चिनाएको छ । फिल्मको एक समयलाई उनले ‘स्टिल’ मार्फत प्रस्ट्याउने जमर्को गरेका छन् । प्रदर्शनीमा राखिएको उनको तस्वीरलाई फोटो पत्रकार आर्यन विमलीले आफ्नो क्यामेरामा कैद गरेका छन् ।












