सांगीतिक प्रेम कथा ‘म यस्तो गीत गाउँछु २’

फोटो : म यस्तो गीत गाउँछु २

फिल्म । यहिँ फागुन २३ बाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ एक हप्ता सरेको छ । अर्थात अब फिल्म फागुन ३० मा रिलिज हुनेछ । सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर पनि सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेकोछ ।

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका यो फिल्मको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ ।

कमेन्ट गर्नुहोस्