फागुन १६ मा ‘धुलो’

फिल्म । अन्तत फिल्म ‘धुलो’ ले प्रदर्शन मिती तय गरेको छ । प्रद्युमन मिश्रको निर्देशनमा तयार भएको ‘धुलो’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै फागुन १६ लाई रिलिज मिति पक्का गरेको हो । समाजिक बिषयबस्तुमा निर्माण भएको फिल्ममा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई मुख्य बिषयबस्तु बनाइएको छ । यसमा बुद्धि तामाङ, सृजना सुब्बा, अग्रज केसी, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको अभिनय रहेको छ ।

नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा देखिनेछन् । ‘हामीले वास्तविक कथालाई फिल्ममा ल्याएका छौ’ मिश्र भन्छन् ,’यसले मन छुन्छ ।’ सिके वाग्लेको प्रस्तुतिमा निर्माण भएको फिल्ममा लक्ष्मी गौतम र नानीराम फुँयालको लगानी रहेको छ । यसमा दीपा धरे सह-निर्माताको रुपमा रहेकी छिन् । सुवास सिंह बस्नेतले लेखेको फिल्मलाई रविन आचार्यले खिचेका छन् ।

कमेन्ट गर्नुहोस्