फिल्म । आउँदो चैत्र २८ मा रिलिज हुने फिल्म ‘चपली हाइट ३’ एक गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीत ‘चार आनाको मसला’ फिल्मका लिड कलाकारहरु स्वस्तिमा खड्का , सुपुष्पा भट्ट , महेश त्रिपाठी , आमिर गौतमसंगै प्रदीप लामा फिचर्ड छन् । गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर, सुवाष भुषालको संगीत छ । डिपी खनाल लिखित यो गीतको भिडियोलाई प्रदिपले कोरियोग्राफी गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
अर्जुन कुमारको निर्माणमा बनेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । थ्रिलर तथा सस्पेन्स कथालाई प्रस्तुत गर्ने फिल्मले पब्लिसिटीको सुरुवातनै गीत मार्फत गरेको हो । कार्यक्रममा उपस्थितले सुपुष्पाले गीतमा काम गर्दा रमाइलो भएको बताइन । यसैगरी निर्देशक निकेशले भने फिल्मलाई राम्रो बनाउने कोसिश गरेको बताए । ‘मेरो काँधमा आएको जिम्मेवारीलाई राम्रोसंग बहन गर्ने कोसिश गरेको छु , यो सिरिज मेरो लागि अवसर र चुनौती दुवै हो’ उनले भने ।











