अञ्जलीसँग युवराजको गीत ‘छुटेपछि त छुट्यो छुट्यो…’ (भिडियो)

संगीत । गायक युवराज चौलागाईं तथा गायिका अनुष्का पाठकको स्वरको युगल गीत ‘छुटेपछि छुट्यो छुट्यो…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक चौलागाईंद्वारा संगीतबद्ध आधुनिक शैलीको गीतमा शब्द दीपिका रिमाल थापाले रचना गरेकी हुन् । उदयराज पौडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतमा किशोर थापाको मिक्सिङ तथा माष्टरिङ छ ।

सार्वजनिक गीतको म्यूजिक भिडियोलाई भूषण दाहालले निर्देशन गरेका हुन् । भिडियोमा गायक चौलागाईं आफैंले अभिनय गरेका छ्न् । अभिनयमा उनलाई अभिनेत्री अञ्जली अधिकारीले साथ दिएकी छिन् । साथै , दीपक विष्टले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् । कुमार कटवालद्वारा छायांकन गरिएको भिडियोलाई पदम तिमिल्सिनाले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्