प्रकाशको जोडी वर्षा ?

फिल्म । पछिल्लो समय लोक दोहोरि गीतमा अग्रपंक्तिमा आउने नाम मध्यका एक हुन् , प्रकाश सपुत । उनले गाएको गलबन्दी गीत निकै लोकप्रिय भयो । यससँगै आएका गीतहरुले पनि उनको लोकप्रियतालाई बढाउँन सघायो । यिनै प्रकाशले अभिनेताको रुपमा डेब्यु गर्ने भनिएको फिल्म ‘परदेशी २’ मा उनको को-स्टार वर्षा सिवाकोटी हुनेछिन् । विक्रम संवत २०७२ सालमा प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’ को सिक्वेलको केहि दिनमा छायाँकन सुरु हुँदैछ । वर्षा र यसको टिमविच संझौता भएको खबर बाहिर आएको छ ।

रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथामा निर्माण हुने फिल्मको छायांकन फागुनबाट सुरु हुने तयारी छ । । ‘परदेशी’ मा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । ‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर निर्देशक रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए । बक्सअफिसमा राम्रो व्यापार गरेको ‘परदेशी’ को कथावस्तुलाई दर्शकले रुचाएका थिए । यसैले गर्दा पनि यसको सिक्वेल ल्याउने कसरतमा निर्देशक रायमाझी केहि समय यता थिए ।

कमेन्ट गर्नुहोस्